मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटनामा परेर ५ जनाको निधन
  • मार्गरेखा संवाददाता

  •   गुल्मीकाे कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटनामा परेर ५ जनाको निधन भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार, स्कार्पियो दुर्घटनामा परेर अन्य ४ जना गम्भीर घाइते भएका छन् ।

    घाइतेहरूलाई अस्पताल पुर्‍याइएको र घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको डीएसपी विश्वकर्माले जानकारी दिए ।

    सोमबार अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

    घाइतेलाई उपचारका लागि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी, स्याङ्जातर्फ पठाइएको डीएसपी विश्वकर्माले बताए ।

    घाइतेहरूको नाम, थर तथा अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • ९ कार्तिक २०८३, सोमबार १८:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित