मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस पदाधिकारीको वरीयता तोकियो काे काे कति नम्बरमा
  • मार्गरेखा संवाददाता

  • काठमाडौ कात्तिक १२   नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित भएका १९ पदाधिकारीको वरीयता तोकेको छ । बिहीबारको शपथग्रहणअघि नै वरीयता तोकिएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले जानकारी दिए । वरीयता वेबसाइटमा भोलि राखिने दुलालले बताए ।

    पहिलो वरीयतामा सभापति गगन थापा छन् । दोस्रो वरीयतामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, तेस्रो वरीयतामा महिला उपसभापति पुष्पा भुसाल छन् । चौथोमा खुलातर्फ उपसभापति जितेका डा चन्द्रकान्त भण्डारी रहेका छन् भने पाँचौँमा मधु आचार्य छन् ।

    छैटौँ वरीयतामा समावेशीतर्फ उपसभापति जितेका विनोद चौधरी, सातौँ वरीयतामा महामन्त्री प्रदीप पौडेल, आठौँ वरीयतामा महामन्त्री डा. डिला संग्रौला पन्त र नवौँ वरीयतामा महामन्त्री उदय शमशेर राणा छन् ।

    ११ सहमहामन्त्रीमध्ये पहिलो वरीयतामा बहादुरसिंह लामा तोकिएका छन् । उनी १०औँ नम्बरमा छन् । ११औँ वरीयतामा सहमहामन्त्री योगेन्द्र चौधरी, १२औँ वरीयतामा सहमहामन्त्री प्रकाश स्नेही रसाइली १३औँ वरीयतामा जीवन शाही, १४औँ वरीयतामा अजय चौरासिया, १५औँ वरीयतामा आंगेलु शेर्पा रहेका छन् ।

    त्यस्तै, १६ औँ वरीयतामा रामहरि खतिवडा, १७ औँ वरीयतामा प्रतिमा गौतम, १८औँ वरीयतामा अजयबाबु शिवाकोटी र १९औँ वरीयतामा डा. फिरदोश आलम रहेका छन् ।

  • १२ कार्तिक २०८३, बिहीबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित