काठमाडौ कात्तिक १४ । नेपाल पत्रकार महासङ्घको आयोजनामा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।
पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरीको धरपकडविरुद्ध वर्षाका बिच पत्रकारहरूले पानीमा भिज्दै मौन प्रदर्शन गरेका हुन् ।
सादा पोसाकका प्रहरीले शुक्रबारे विभिन्न सञ्चारगृह पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए । चौतर्फी विरोधपछि उनीहरूलाई साँझ रिहा गरिएको थियो ।









