मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मकवानपुरकाेभीमफेदी चिसापानीगढीमा भएको दुर्घटनामा १० जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • हेटौंडा कात्तिक २६ । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन् ।

    उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न सकेको छैन । मृतकहरूमध्ये अधिकांश सर्लाही जिल्लाका रहेका छन् । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । काठमाडौंवाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    ईभी गाडी सर्लाहीका यात्रु लिएर काठमाडौंवाट बिहीबार बिहान हिँडेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मी पुगेर घाइतेहरूको उद्धार गर्नुका साथै मृतकहरूको शव हेटौंडा ल्याउँदै छन् । उक्त घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट ८ किलोमिटर उत्तर पर्छ ।

  • २६ कार्तिक २०८३, बिहीबार ०९:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित