नेपालगन्ज चैत्र २६ । नेपाली काँग्रेस बाँके निबार्चन क्षेत्र न. २ काे साेमबार बसेकाे बैठकले नव बर्ष २०८१ बैशाख १ गते जनता संग संवाद कार्यक्रम गर्ने भएकाे छ ।
जनता संग संवाद कार्यक्रम बाँकेकाे नेपालगन्ज उपमहानगरपालिका काे त्रिभुवन चाैक र डुडुवा गाउँपालिकाकाे कम्दीकाे मिलन चाैक मा गर्ने निर्णय भएकाे क्षेत्रिय अध्यक्ष रमेश कुमार गुप्ताले जनाउदै दुबै कार्यक्रम मा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनता संग सम्बाद गर्ने कुरा जनाए ।
क्षेत्रिय बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, नेपाली काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष गाेपाल अधिकारी , सचिव शुद्वान्सु काेईराला, काेषाअध्यक्ष यज्ञ बहादुर बस्नेत , नेपाली नेपाली काँग्रेस का नेताहरू सुनिल नरसिंह राणा ,राजकुमार बर्मा, सुदिप नरसिह राणा, जितेन्द्र बहादुर हमाल लागायतका बक्ताहरूले जनता संग संबाद कार्यक्रम लाई भब्य रूपमा सफल गराउन सबै पार्टीको विभिन्न निकाय लाग्नु पर्ने सुझाव दिएका थिए ।