दाङ देउखुरी साउन ९ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयमध्ये ४ जनाको नाम टुंगो लगाएको हो । यसप्रति संस्थापन इतर पक्षले तीव्र असन्तुष्टि जनाएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ । शपथ ग्रहणमा सहभागी हुन नेता कार्यकर्ताहरु बुटवलमा भेला भएका छन् ।
कांग्रेसबाट कोको बन्दैछन् मन्त्री ?
गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री हुनेछन् । न्यौपाने बाहेक अरु संस्थापन समूहका हुन् ।