मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ साउन १०  । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्न भनेको हो। सर्वोच्चले उक्त आदेश पछि उनी अब थुनामै रहने भएका छन् । जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २ बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
    नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रममा झाको बयान सकिएको छ। उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए ।
  • १० श्रावण २०८१, बिहीबार १६:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित