मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

इरानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन २२ । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

    दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो ।

    मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ ।

    लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ ।

    पहिलो सेटको सुरुमा ५-१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६-५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६-१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०-२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५-२१ ले पहिलो सेट जित्यो ।

  • २२ श्रावण २०८१, मंगलवार १९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित