मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन २७ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताउनुभएको छ ।

    ललितपुरमा आईतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताउनु भयो । ‘विद्यार्थीकालमा नै उसलाई लिडरसिप बढाउने हो । उसलाई त्यो बेलामा राजनीति सिकाउने होइन । अब हामीले सत्ता परिवर्तन गर्ने राजनीति होइन, हामी समाज परिवर्तन, विकासको राजनीति चाहेका छाैं,उहाँले भन्नुभयो ।

    उहाँले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरु हट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताउनु भयो ।

    मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्व दिन नसकेको बताउनु भयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाउनु भयो । स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताउनु भयो ।

    खेलकुदमन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताउनु भयो । उहाँले नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको बताउनु भयो । उहाँले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताउनु भयो । उहाँले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गर्नुभयो । उहाँले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताउनु भयो ।

  • २७ श्रावण २०८१, आईतवार १३:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित