मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूहले टुंग्यायो उम्मेदवार( उम्मेदवार सुचि सहित
  • मार्गरेखा संवाददाता

  • काठमाडौ भादाै १ । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एशोसिएसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले उम्मेदवार टुंगो लगाएको छ ।

    भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । त्यसका लागि लोकतान्त्रिक समूहले चितवन निवासी इञ्जिनियर सुवास चन्द्र बराललाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ ।

    बराल नेतृत्वको प्यानलमा प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिवको उम्मेदवार छन् । यसैगरी उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल उम्मेदवार छन् ।

    लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको बरालले बताए ।

    अध्यक्षका उमेदवार बराल दुई दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यस्तै महासचिव पदका उम्मेदवार पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् ।

    इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो ।

    लोकतान्त्रिक समूहको प्यानल 

    अध्यक्ष : इ.सुवास चन्द्र बराल

    उपाध्यक्ष : इ.प्रकाश केसी

    महासचिव : इ.विनोद प्रकाश पण्डित

    उपमहासचिव : इ.अनिल मानन्धर

    कोषाध्यक्ष : इ.सुमन थापा

    सहकोषाध्यक्ष : इ.कृष्णप्रसाद पोखरेल

    सदस्यहरु : इ.यम कृष्ण पौडेल

    इ.प्रभुराम पोखरेल

    इ.एमेन्द्र गुरुङ्ग

    इ.अनिल पौडेल

    इ.संजय कुमार साह

    इ.नेत्र प्रसाद देवकोटा

    इ.भैरव धिताल

    इ.सुजन श्रेष्ठ

    इ.लोकेन्द्र अधिकारी

    इ.विक्रम कुमार दास

    इ.प्रियंका गुप्ता र

    इ.जय किसुन राय

  • १ भाद्र २०८१, शनिबार १०:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित