नेपालगञ्ज भदाै ७। नेपाली कांग्रेस बाँकेले क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु भएको छ । आजदेखि क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । पार्टी कार्यालयबाट वडा सभापतिहरुलाई क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो । सभापति नारायण प्रसाद गौडेलसहित पार्टी पदाधिकारीले वडा सभापतिलाई सम्बन्धित वडाको क्रियाशील सदस्यता परिचयपत्र हस्तान्तरण गरेका छन् । “पहिलो दिन क्षेत्र नम्बर ३ का वडा सभापतिलाई बोलाएर कार्ड दिएका छौं, आइतबार क्षेत्र नम्बर १ र २ का वडा सभापतिलाई पार्टी कार्यालयबाटै परिचयपत्र वितरण गर्छौैं,” प्रबक्ता डिल्ली गिरीले भन्नुभयो ।