मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड हुदै
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भदौ १०/    धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ ।

    नेपालगन्ज रात्रि दौड आउँदो संविधान दिवस २०८१ असोज ३ गते बिहीबार राति हुनेछ । राति ९ बजे स्थानीय बीपीचोकबाट दौड सुरु हुने बताइएको छ । एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण रुटमा रात्रिकालीन दौड सञ्चालन गरिनेछ ।

    नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डस्ले धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रि दौड आयोजना गर्न लागेको जनाएको छ ।

    भदौ १ देखि खेलाडीको नाम दर्ता खुलिसकेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । पहिलो पटक आयोजना हुन लागेको हुँदा नाइट रनमा व्यावसायिक र कम्तीमा ५ किमी दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको भनाइ छ ।

    पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने आयोजकले जनाएको छ । १० किमी रात्रि दौडसँगै अन्यका लागि फन रनका रूपमा सहभागी गराइने छ । पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कृत गरिनेछ ।

    भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिने छ । दर्ता मिति भदौ १५ गतेदेखि २० गतेसम्म राखिएको छ । रात्रिकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले विशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ ।

  • १० भाद्र २०८१, सोमबार २०:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित