मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाकाे नेपाल भारत सिमानामा आइतबार राति गोली प्रहार हुँदा एक जना घाइते
  • मार्गरेखा संवाददाता

  • गुलरिया असाेज २८ ।  बर्दिया सदरमुकाम गुलरिया-८ स्थित नेपाल भारत सिमानामा आइतबार राति गोली प्रहार हुँदा एक जना घाइते भएका छन्।

    करिब ७ बजे खेतमा काम गरि रहेको समय उनी माथि गोली प्रहार भएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।

    गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए । घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा पुराइएको थियोे । उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाए ।

    गोली कसले चलायो अनुसन्धान भइ रहेको छ । घाइते लोधले भारतीय वनकर्मीले चलाएको बयान दिएका छन् । उनको ढाडमा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।

  • २८ आश्विन २०८१, सोमबार ०७:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित