मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ
  • मार्गरेखा संवाददाता

  • लुम्बिनी प्रदेशमा हिजो बुधबार नियुक्त तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ  लिएका छन् ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए ।

    तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् ।

  • ८ कार्तिक २०८१, बिहीबार १०:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित