नेपालगन्ज पुस ६ । बागेश्वरी महाआरतीको १०० संस्करण भव्य रूपमा संचालन गर्नेका लागि बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिती महा आरती संचालन तथा व्यवस्थापन उपसमितिले नेपालगन्ज शनिबार पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलन बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीका कार्यबाहक अध्यक्ष ओम प्रकाश अजादले बागेश्वरी
मन्दिर महाआरती गत २०७९ माघ १६ गतेदेखि विभिन्न धार्मिक समाजिक संघ संस्था, नेपालगन्ज उपमहानगरपालिका सयुक्त रूपमा सुरू भएको महाआरती आउने पुस ८ गते १०० संस्करण पुग्ने दिनलाई विशेष महाआरती गरिने जनाएका छन ।
पत्रकारहरको एक प्रश्नको जवाफ दिदै बागेश्वरी मन्दिर गुठि ब्यवस्थापन समितिका सदस्य सचिव गोपाल अधिकारीले विभिन्न धार्मिक एव समाजिक संघ संस्था ,ब्यक्ति बााट माहाआरती संचालन लागि १९ लाख ८५ हजार ९ सय १८ रूपैया प्राप्त भएकोमा माहाआरती संचालनका लागि १७ लाख ५ हजार १ सय ९३ रूपैया खर्च भएको जनाएको छ ।
पत्रकार सम्मेलन महाआरती संचालन तथा व्यवस्थापन उपसमितीका संयोजक सुनिल सिह हमालले विशेष महाआरती अवसरमा १०० संस्करण सम्म पुर्याउन सहयोग गरेकाका समाजिक संघ संस्था, ब्यक्तिहरूलाई सम्मान गर्ने, धार्मिक संस्कृति आयोजना गरिने बताए ।