नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
ती नेताका अनुसार स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।
एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टीकरण सोधेको थियो ।