भारतिय अभिनेता सैफ अली खानमाथि बुधबार राति आफ्नै घरमा छुरी प्रहार भएको छ । त्यसपछि उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । घटना मध्यरातमा अभिनेताको बान्द्राको घरमा भएको प्रहरीले जनाएको छ । आक्रमणमा सैफको हात, मेरुदण्ड र घाँटीमा चोट लागेको थियो । सैफ अली खानको अस्पतालमा शल्यक्रिया भइरहेको छ । उनकी पत्नी करीना कपुर खान पनि बिहान ४.३० बजे उनलाई भेट्न अस्पताल पुगिन् ।
प्रारम्भिक जानकारी अनुसार एक अज्ञात व्यक्ति सैफको घरमा प्रवेश गरेको थियो । दुवैबीच झडप भएको थियो । घटनाको समयमा अभिनेताका परिवारका अन्य सदस्य पनि घरमा थिए । घरभित्र पसेको व्यक्तिको कामदारसँग झगडा भएको पनि बताइएको छ । जब अभिनेताले हस्तक्षेप गरेर व्यक्तिलाई शान्त पार्न खोजे, उनले सैफ अली खानलाई आक्रमण गरे। घटनाको जानकारी पाएलगत्तै बान्द्रा प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घरमा सबै ठीकठाक रहेको करिनाको टोलीले जनाएको छ ।
प्रहरीका अनुसार बलिउड अभिनेता सैफ अली खानलाई उनको घरमा पसेका चोरहरुले चक्कु प्रहार गरेका छन् । उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ । बान्द्रा डीसीपीले भने, यो सत्य हो, राती २.३० बजे एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेको थियो । यसै क्रममा एक चोरले सैफ अली खानमाथि चक्कु प्रहार गरेका थिए । यसपछि उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको डीसीपीले बताए । तर, यी चोटहरू त्यति गम्भीर छैनन्। झडपमा उनलाई छुरा प्रहार भएको हो वा घाइते भएको भन्ने खुल्न सकेको छैन ।