काेहलपुर माघ ९ । कोहलपुर कोहलपुरमा यातायता ब्यबस्थाको शाखा कार्यालयको बुधबार उद्घाटन गरिएको छ ।
बाँकेको कोहलपुर स्थित पुरानो बसपार्कमा यातायात ब्यबस्था कार्यालयको शाखा कार्यालय स्थापना गरिएको हो ।
लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायात कार्यालयको उद्घाटन गदै मन्त्री प्रचण्डले यातायातका क्षेत्रमा प्रविधिको प्रयोग गर्न आवश्यक रहेको रहेकाे बताए
मन्त्री न्याैपानेले कोहलपुरको मात्र नभएर बाँकेको विकासका लागि भौतिक क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउदै तिन तहका सरकार विच समन्वय र सहकार्य गर्दै समृद्ध लुम्बिनी प्रदेश बनाउन आवश्यक रहेको बताए । मन्त्री न्याैपानेले उद्योगका क्षेत्रमा देखिएका समस्याहरु के के छन त्यसको पहिचान गरी उद्योगिहरुलाई सहज रुपमा काम गर्न सक्ने बतावतरण बनाउन आवश्यक रहेको बताए ।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश पूर्व बन मन्त्री दुर्गा चौधरी पूर्व सामाजिक विकास मन्त्री रत्न खत्री सांसद बसन्ती न्यौपाने जिल्ला समन्वय , प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, समिति बाँकेका उप संयोजक सिता कार्की कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य उप प्रमुख संगिता सुवेदी, लगायतकाे उपस्थिति रहेकाे थियाे