मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रादेशिक महोत्सवमा नृत्य प्रतियोगिता शुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ११ माघ : नेपालगन्जमा अन्तर विद्यालय नृत्यतारा २०८१ शुरु भएकोछ ।नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सवको दोस्रो दिनदेखि एकल नृत्य प्रतियोगिता शुरु भएको हो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शुक्रबार जिल्लाका सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए । प्रतियोेगिताबाट पाँच जना प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोट भए ।
    माघ ११ गतेदेखि १५ गतेसम्म हुने पहिलो चरणमा जिल्लाका ३५ जनाले नृत्यमा भाग लिनेछन् । माघ १६ गतेदेखि १८ गतेसम्म शिर्ष २० जना छनोट हुनेछन् । माघ १९ र २० मा शिर्ष १४ बीच सेमिफिनाले चरणका प्रतिस्पर्धा हुनेछन् । महोत्सव समापन हुने अघिल्लो दिन २१ माघमा शिर्ष १० बीच ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने बाँकी ७ जनाले जनही ५ हजार र प्रमणपत्र पाउनेछन् ।
    वरिष्ठ सल्लाहकार गुरुङका अनुसार सो प्रतियोगिताको पुरस्कार प्रायोजन नेपाल ज्वैलर्स नेपालगन्ज धम्बोझीले गरेकोछ । महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारले हरेक दिन दुई वटा साँस्कृतिक पहिचान झल्कने सामुहिक नृत्य प्रस्तुत गरिरहेकाछन् । स्थानीय गायकगायीकाले आफ्नो प्रस्तुती दिइरहेकाछन् ।

    यसैबीच, नेपालगन्जको कारकाँदोस्थित सडक विभाग परिसरमा जारी महोत्सवको दोस्रो दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिए ।
    शुक्रबारका दिन महोत्सव भर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । नेपालगन्जसहितका केही पालिकाहरुले दिएकोे चिसो विदाका कारण समेत दर्शकको संख्या बढेको हो ।
    महोत्सवकको दोस्रो दिन सज्जन धामी, रितु कँडेल र हाउडे माया उपमाबाट परिचित श्रृजना खत्रीको बेजोड प्रस्तुती रह्यो । उनीहरुले चर्चित गीत गाएर दर्शक तथा अतिथिहरुलाई छमछमी नचाए ।
    साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामीका अनुसार महोत्सवको तेस्रो दिन शनिबार चर्चित लोक दोहोरी गायिका ज्योति मगरसहित हास्यव्यङ्ग्य दमन रुपाखेती र गजलकार थानेश्वर गौतमको प्रस्तुती रहनेछ ।

    महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।
    महोत्सवमा मुख्य प्रायोजक के.एल. दुगड गु्रप, उप–मुख्य प्रायोजक कृषि विकास बैंक, सह–प्रायोजक ओमोडा जेकेव रहेका छन् । त्यसैगरी महोत्सवको प्रायोजक राष्ट्रिय वाणिज्य बैंक, ग्लोवल आइएमइ बैंक, सिद्धार्थ बैंक लि., एनसेल, शिखर प्लाइ, डल्फीन ग्रुप रहेका छन् ।

  • ११ माघ २०८१, शुक्रबार १९:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित