बुटवल, १८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताकाे नीति अवलम्बन गरिएको बताउनु भएको छ ।
बुद्धभूमि जेसीजकाे साताैं पद हस्तान्तरण कार्यक्रमकाे उद्घाटन सत्रलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले विधिकाे शासन स्थापित गर्न भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताकाे नीति अवलम्बन गरेकाे बताउनु भएको हाे । `याे मुलुक बनाउने भनेकाे तपाई हामीलेनै हाे । बाहिरकाे मान्छे आएर मुलुक बनाउने हाेइन । इमानदारीका साथ लाग्यौं भने मुलुक बनाउन सकिन्छ´उहाँले भन्नुभयाे-`अहिले केही भएन भनेर एक जमातले कुप्रचार गरेकाे, निरासाकाे खेति गर्न थालेका छन । यस्ता निरासा बाड्ने कामलाई निरुत्साहित गर्ने जिम्मेवारी तपाई हामी सबैकाे हाे ।´ युवा पुस्ताले देशमा सम्भावना देख्नुपर्ने र सरकारले त्यस प्रकारका कामलाई अघि बढाएकाे समेत उहाँले बताउनु भयाे ।`स्वदेशमा राेजगारीकाे अवसर सृजना गर्न तीन तहका सरकारकाे तर्फबाट काम गरिरहेका छाैं । निजि क्षेत्रले पनि यसमा जाेड दिएकाे छ´उहाँले भन्नुभयाे-`सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन नितिगत सुधार समेत गरिसकेकाे छ ।´ सुशासन, जवाफदेहीता र भ्रष्टाचार बिरुद्ध सरकारले थालेका अभियानमा नागरिकस्तरबाट समेत सहभागीता जनाउन आह्वान गर्नु भयाे ।`फजुल खर्च राेक्न र पूर्व बिशिस्ट व्यक्तिकाे सेवासुविधा समेत खारेज गरेर सरकार अघि बढेकाे यहाँहरुलाइ थाहानै छ । याेजना छनाेट र कार्यान्वयनमा देखिएकाे विकृति राेक्न पनि सरकार निर्मतापूर्वक अघि बढेकाे छ´उहाँले भन्नुभयाे-`यी अभियानमा पनि सरकारले सबैकाे साथ खाेजेकाे छ । तपाई हामी सबै मिलेर मुलुक बनाउन सक्छौं ।´