नेपालगन्ज : प्रादेशिक महोत्सव नेपालगन्जको जीवन होटलमा घोंघी र गंगटा खाने युवायुवतीको लर्को लाग्छ । सञ्चालक जीवन चौधरी भन्छन्, ‘घोंघीमा बढी क्याल्सियम पाइन्छ भनेर थारु भन्दा पनि पहाडी समुदायका ब्यक्तिहरु बढी आउँछन् ।’ उनको होटलमा दैनिक औसत २५ हजारका दरले बिक्री भइरहेको छ ।
थारु गाउँभित्रको पाहुना स्वागत घरकी कोपिला चौधरीको होटलमा पनि त ढिक्री, घोंघी, गंगटा र बंगुरको सेकुवा खान धेरै आउँछन् । ‘मैले लम्की, धनगढी, कोहलपुर, टीकापुरको महोत्सवमा सहभागी भएकोमा सबैभन्दा बढी ब्यापार नेपालगन्जमा भइरहेको छ’, चौधरीले खुसी ब्यक्त गर्दै भनिन्, ‘दैनिक ३५ हजार रुपैयाँ आम्दानी भइरहेको छ ।’
नेपालगन्जमा जारी प्रादेशिक महोत्सवभित्रको थारु गाउँमा मात्र दैनिक साढे दुई लाख रुपैयाँको कारोबार भएको छ । थारु गाउँमा ८ वटा थारुका होटल छन् । थारु गाउँका सञ्चालक मंगल थारुका अनुसार हरेक दिन एउटा होटलले कम्तीमा पनि औसत ३० हजारका दरले कारोबार गरिरहेका छन् । थारु गाउँमा हरेक दिन ३० वटा जति थारु कलाकारबाट कल्चरल नृत्य प्रस्तुत गरिरहेको थारु बताउँछन् ।
महोत्सवमा दैनिक औसत २१ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको तथ्याङ्क व्यवस्थापन उपसमितिका संयोजक युवराज ढकाल बताउँछन् । १० दिनमा महोत्सवमा दुई करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको ढकालले बताए ।महोत्सवको १० औं दिन प्रकाश दूतराजको धमाल
प्रादेशिक महोत्सव २०८१ को रौनक दिनानुदिन बढ्दो छ । सुरुका दिनदेखि नै दर्शकहरुको राम्रो साथ पाइरहेको महोत्सवको १० औं दिन पनि भब्यताका साथ सम्पन्न भएको छ ।
महोत्सव प्र्राङ्गढमा दर्शकहरूको भीँडले भरिएको थियो । शनिबार भएर पनि होला महोत्सवका स्टलहरुमा पनि दर्शकहरुको घुइँचो थियो ।
लोकप्रिय गायक प्रकाश दुतराज, गायिका रचना रिमाल र चर्चित डान्सर अञ्जली अधिकारीले बेजोड प्रस्तुति दिएका थिए। राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु निकै रमाएका थिए।

महोत्सवको ११ औं दिन भोलि आइतबार लोकप्रिय गायक खुमन अधिकारी, गायिका रेश्मा पुन, गायक दोशरण चौधरी, डान्सर अस्मिता पुरी लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक मख्खन धामीले जानकारी दिए ।