नेपालगन्ज माघ २४ । नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज साइकल फेस्टबल अन्तर्गत १० बर्ष मुनिका बाल बालिकाकाे साइकल प्रयाेगिता बिहिबार आयाेजना गरेकाे छ ।
प्रतियाेगिता बाँके जिल्लामा रहेका बिधालयमा अध्ययनरत १० बर्ष मुनिका ५५ जना बालबालिका सहभागी रहेकाे प्रतियोगिता १ किलोमिटर दुरी रहेकाे प्रयाेगिताका संयाेजक रमेश कुमार मल्लले जनाएका छन ।
प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्ट र विश्व साईकिल यात्री पुष्कर शाहले सयुक्त रूपमा उद्घाटन गरेका थिए ।
प्रयाेगितामा समूह क तर्फ जीवन ज्याेति स्कुलका प्रसुु जाेशी प्रथम, सनबिन स्कुलका सारण थारू दुतिय, र न्यु ग्यालक्सी स्कुलका राम कुमार बर्मा तृतीय भएका छन भने समूह ख तर्फ न्यु ग्यालक्सी स्कुलका अजय कुमार बर्मा प्रथम, मन्टेश्वरी स्मार्टका शाश्वत के सी दुतिय र जीवन ज्याेेती स्कुलका सफल गिरी तृतीय भएका थिए ।
बिजय हुने प्रतियाेगिहरूलाई विश्व साईकल यात्री पुष्कर शाह, क्लबका अध्यक्ष प्रदिप सापकोटा र सिद्वार्थ हाेटलका जर्नल म्यानेजर बद्री काेईरालाले पुरस्कार बितरण गरेका थिए भने स्वागत कार्यक्रम संयाेजक रमेश मल्ल गरेका थिए भन्ने कार्यक्रम संचालन क्लबका सचिव ईन्द्र गिरीले गरेका थिए ।