मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सामाजिक सञ्जाल विधेयकमा रहेका प्रावधानको विरोधमा काठमाडौंमा ने.बि .संघकाे प्रदर्शन
  • मार्गरेखा संवाददाता

  • काठमाडौ माघ ३०   ।  नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल विधेयकमा रहेका प्रावधानको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने गरी सरकारले सामाजिक सञ्जालविधेयक ल्याएको भन्दै नेविसंघले बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

    उनीहरूले टाउको र हातमा पट्टी बाँधेर सांकेतिक विरोध गरेका थिए । प्रदर्शनमा सहभागीहरूले ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘रोजगार त दिएनौ, बोल्न त देऊ सरकार’, ‘स्वतन्त्रताको सुरक्षा अभिव्यक्तिको अधिकार’, ‘प्रश्नसँग डराएको सरकार’, ‘कांग्रेसको एक तारा हराएको सूचना’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । विधेयक नसच्चाएसम्म आन्दोलन जारी रहने नेविसंघको भनाइ छ ।

  • ३० माघ २०८१, बुधबार १८:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित