मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : margarekha@gmail.com

खजुराद्वारा लियो एकेडेमी तथा दोस्रो जिल्ला परिषद बैठक
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन ३ ।  पश्चिम नेपालको सबैभन्दा ठुलो युवा सन्जाल मध्य एक लियो जिल्ला परिषद ३२५एन्, नेपालको वर्ष २०२४-२५ को दोस्रो जिल्ला परिषद बैठक खजुरा गाउँपालिका स्थित खजुरा मिनिपार्क रिसोर्ट एण्ड पार्टी प्यालेसमा मितिः २०८१ फाल्गुन महिनाको १० गते लियो क्लब अफ नेपालगन्ज खजुराले आतिथ्यता गर्दै छ। पूर्वमा राप्ती र पश्चिममा महाकालीले सीमा बाँधेको भुगोलमा अवस्थित ३० वटा लियो क्लबहरुको संयुक्त संगठन लियो जिल्ला परिषद ३२५एन्, नेपालले यस क्षत्रमा युवाहरुको उचित परिचालन गर्दै अनेकौँ सामाजिक कार्य गर्दै आएको छ।
    लियो जिल्ला परिषदले आफ्ना गतिविधीहरुलाई थप व्यापकता तथा एकरुपताका साथ अघि बढाउन यो कार्यक्रम आयोजना गरेको हो। यस कार्यक्रमलाई लियो जिल्ला परिषदको इतिहासमै सबैभन्दा भव्य र सभ्य बनाउने प्रतिबद्धता कार्यक्रम संयोजक लियो प्रेक्षा के.सी. ज्यूले जनाउनु भएको छ। साथै कार्यक्रममा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी गहन प्रशिक्षण समेत प्रदान गरी लियो सदस्यहरुलाई लियो जिल्ला परिषदको सुनौलो भविष्य निर्माण गर्न सक्षम र प्रेरित गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको कुरा लियो क्लब अफ नेपालगन्ज खजुराकी अध्यक्ष लियो अपेक्षा श्रेष्ठले बताउनु भएको छ।
    २ वर्ष पहिला लियो जिल्ला परिषद ३२५एन्, नेपालको पहिलो जिल्ला परिषद बैठक समेत लियो क्लब अफ नेपालगन्ज खजुराले आतिथ्यता गरेको थियो। त्यस कार्यक्रमले लियो जिल्ला परिषदको आधारस्तम्भ स्थापित गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको थियो भने हाल फेरी लियो जिल्ला परिषद ३२५एन्, नेपालको दोस्रो जिल्ला परिषद बैठक आतिथ्यता गरी लियो जिल्लाको सुनौलो भविष्य निर्माणको लागि लियो सदस्यहरुलाई योग्य र क्रियाशील बनाउने लियो कल्ब अफ नेपालगन्ज खजुराको योजना रहेको छ। साथै लियो र लान्सको मूल्य मान्यता र लियो बन्नुको वास्तविक अर्थ समेत सदस्यहरुलाई अवगत गराउने यस कार्यक्रमको लक्ष रहेको छ।

     

  • ३ फाल्गुन २०८१, शनिबार १९:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित