मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुदूरपश्चिमबाट नेपाली कांग्रेसले जितको लहर ल्याउने सभापति देउवा
  • मार्गरेखा संवाददाता

  • मङ्गलबार धनगढीमा सुरु भएको पार्टीको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो । पार्टी सभापति देउवाले प्रशिक्षण सकेर गाउँगाउँमा गएर जनस्तरमा जनताका गुनासा सुन्न र जनताका काम गर्न प्रशिक्षणमा सहभागी नेताहरूलाई  निर्देशन दिनुभयो । साथै उहाँले भन्नुभयो, “आगामी निर्वाचन २०८४ मा केन्द्रित भएर पार्टीलाई अगाडि बढाउन  आवश्यक छ सबैतहबाट एक जुट भएर लाग्नु होस् ।”

    उहँले प्रशिक्षक प्रशिक्षण कार्यक्रमले नेता कार्यकर्तामा थप उत्साह, जागर ल्याउने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, नेपाली कांग्रेसका नीति तथा प्रशिक्षण विभाका प्रमुख तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाएको उल्लेख गर्नुभयो । उहाँले कांग्रेस सभापतिकै नेतृत्वमा नेपालमा शान्ति सुशासन कायम भएको कुरा मतदाता र जनतामा पुर्‍याउन पार्टी चुकेको बताउनुभयो ।

    नेपालमा २०४६ सालपछि भएका परिवर्तन र विकासको बारे जनता र मतदाता सामु पुर्‍याउन नसकेको र अब जनताका माझमा जान आवश्यक भएको बताउनुभयो । उहाँले पार्टीले खटायको खण्डमा टोल र बस्तीमा गएर जनतालाई पार्टीले गरेका कामको बारे जानकारी गराउन तालिममा सहभागी प्रशिक्षकलाई निर्देशन दिनुभयो ।

    नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट गरी डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम आज र भोली दुई दिनसम्म धनगढीमा चल्ने र प्रशिक्षणले पार्टीलाई थप बलियो बनाउन र एक ढिक्का भएर अगाडि बढाउने कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्काले बताउनुभयो ।

  • २७ फाल्गुन २०८१, मंगलवार १५:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित