मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरपालिकाले अति विपन्न चिडिमार तथा खटिक परिवारलाई पक्की घर बनाउन सुरू
  • मार्गरेखा संवाददाता

  • कोहलपुर फागुन २८ । कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुरमा रहेका अति विपन्न चिडिमार तथा खटिक परिवारले अव पक्की घर पाउने भएका छन् कोहलपुर नगरपालिकाको विशेष पहलमा छिमेक सेवा समाज संस्थाले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षोंदेखि छाप्रोमा सकसपूर्ण जीवन विताइरहेका उनीहरु पक्की घरमा वस्न पाउने भएका हुन् ।

    नमूना वस्ती निर्माण कार्यक्रम त पहिलो चरणमा ८ वटा घर प्रारम्भ भएको छ ।

    बुधवार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले मोलहे खटिकको घरको शिलान्यास गर्दै नमूना वस्ती निर्माण कार्यक्रमको सुभारम्भ गरेका छन् । उनले गरिव विपन्न परिवारहरुको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले त्यहीअनुसार नमूना वस्ती निर्माण कार्यक्रम सुरु गरिएको बताए ।

    हवल्दारपुरमा घरपरिवार करिव २५/३० चिडिमार र खटिक समुदायको बसोबास रहेको नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष नम बहादुर आलेले जनाएका छन  ।

     

     

  • २८ फाल्गुन २०८१, बुधबार १५:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित