मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

किन सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा अख्तियारको २ घण्टा छापा माराे
  • मार्गरेखा संवाददाता

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको छ । अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान समितिको कार्यालयमा छापा हानेको हो ।

    समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ । लेखापाल रानाले रकम हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको थियो ।

    सोही उजुरीका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ ।

    यसबारे अख्तियार सुर्खेतले भने गोप्य अप्रेसन भएको भन्दै थप जानकारी दिएको छैन । ‘यो गोप्य अप्रेसन हो । यसबारे  कुनै पनि जानकारी दिन सक्दिन’, कार्यालयका सूचना अधिकारी धर्मराज खत्रीले जनाउदै हाल अनुसन्धान प्रक्रिया जारी रहेको र थप अनुसन्धानपछि कारबाही अघि बढाइने अख्तियारले जनाएको छ ।

  • २७ चैत्र २०८१, बुधबार १४:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित