सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्किन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किन आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुईंकेल बताए।
उनका अनुसार शिक्षकका जायज माग सम्बोधन गर्न, एसईई बोर्डको परीक्षाफल समयमै प्रकाशित गर्न र १२ कक्षाको परीक्षा समयमै सञ्चालन गर्न आदेश भएको हो।
‘शिक्षकको निरन्तरको आन्दोलनले देशभरि पठनपाठन प्रभावित भएको र त्यसका कारण बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै शिक्षकका जायम माग सम्बोध गर्न, एसईईको नतीजा प्रकाशन र १२ कक्षाको परीक्षा सञ्चालन गर्न आदेश भएको छ,’ अन्नपूर्णसँग उनले भने।
अधिवक्ता श्रवण कुमार चौधरीले बुधबार मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।