काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदल हुने कुनै संभावना नरहेको बताएका छन्। थाइल्याण्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन्।
सत्ता समीकरण परिवर्तन हुँदैछ नि? भन्ने पत्रकारले सोधेको प्रश्नमा देउवाले भने,’ कसले भन्यो। मलाई थाहा छैन।’ सत्तासमीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरूले सरकार परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला सभापति देउवाले सत्तासमीकरण हुने संभावना नरहेको दावी गरेका हुन