नेपालगन्ज ,वैशाख २७ गते ।सेनेटरी प्याड बनाउने तालिमले आत्मनिर्भर बन्न उपयोगी हुने बताइएको छ । लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा गरीएको तिन दिने तालिमको आज समापन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले नेपालगन्जका विभिन्न स्थानमा बसोबास गर्ने ३१ जना महिलाहरुलाई छनोट गरी सेनेटरी प्याड बनाउने तालिमका बारेमा सिप प्रदान गरी आत्मनिर्भर बनाउन तालिम गरीएको बताउनुभयो । उहाँले यस तालिमपछि महिलाहरुले प्याड बनाउन सिकेकाले यो घरायासी प्रयोजन मात्र नभइ ब्यापारीक प्रयोजनका लागि पनि उपयोगी हुने धारणा राख्नुभयो ।
कार्यक्रमममा तालिममा सहभागी साजिया इद्रिशीले तालिम लिएपछि अब घरमै बसेर सेनेटरी प्याड बनाउन सकिने सीप बिकास भएको बताउनुभयो । यस्तै अर्का सहभागी रुबी बानोले हामिले सेनेटरी प्याडको प्रयोग गर्दा बातावरण पनि स्वच्छ हुनुका साथै प्रजनन स्वास्थ्यमा पनि सहयोग पुग्ने धारणा राख्नुभयो । तालिमका सहभागीहरुले आगमी दिनमा पनि यस्ता उपयोगी सीपमूलक तालिमको आवश्यकता महसूस गरेका छन । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमपुख नरेशबाबु श्रेष्ठले यो तालिम मुस्लिमसमुदायका महिलाहरुका लागि मात्र नभई सबै महिलाहरुका लागि उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द , तालिमका प्रशिक्षक पुष्पा चन्द ,अधिकारकर्मी रचना श्रेष्ठ ,स्वास्थ्य कार्यालय बाँकेका देवनारायण उपाध्यय ,स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्श बिष्णु श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिकाका सिनीयर अनमी निर्मला खनाल लगायतको सहभागिता रहेको थियो । तालिमको सहजीकरण गर्नुभएका पुष्पा शर्माले १७ बर्षदेखी ३६ बर्ष उमेर समुहका महिलाहरुले सेनेटरी प्याड बनाउन सिकेको बताउनुभयो । उहाँका अनुसार एउटा प्याड कम्तिमा ४ महिला सम्मप्रयोग गर्न सकिन्छ । १ मिटर कपडाबाट ४ वटा सम्म प्याड बनाउन सकिने पनि उहाँले बताउनुभयो ।