मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बढैयाताल गाउपालिकामा याेग समिती नेपालकाे ४० ओै याेग केन्द्रकाे  उद्घाटन
  • मार्गरेखा संवाददाता

  • बढैयाताल गाउपालिकामा याेग समिती नेपालकाे ४० ओै याेग केन्द्रकाे  उद्घाटन

    नेपालगन्ज ,जेठ १३  । बाँके जिल्लामा दर्ता भएको पहिलो र एक मात्र आधिकारिक योग संस्था योग समिति नेपालले आज बर्दियाकाे बढैयाताल गाउपालिकाे ८ नम्बर वडामा ४० औं योग केन्द्रको भव्य शुभारम्भ सम्पन्न गरेको छ। याेग समिती नेपालका परिकल्पनाकार एवं याेग गुरु अायुर्वेदाचार्यकाे अध्यक्षतामा भएकाे उक्त उद्घाटन कार्यक्रममा याेग समिती नेपालका केन्द्रीय सल्लाहकार केन्द्रिय समितिका पदाधिकारीहरू

    ४०औं  योग केन्द्र ब्यवस्थापन   समितिका  प्रमुख  संयोजक  कमला ओलि क्षेत्री , संयोजक  निर्मला  आचार्य  लगायत  सम्पुर्ण  सदस्यहरू ,सम्पुर्ण केन्द्रका संयाेजक बभिन्न केन्द्रबाट उपस्थित याेग प्रशिक्षक समाजसेवी, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    शुभारम्भ समारोहमा प्रमुख अतिथी बढैयाताल गाउँपालिकाका अध्यक्ष  हिमालय त्रिपाठी र याेग गुरूद्वारा पानसमा बत्ती बालेर उक्त केन्द्रकाे शुभारम्भ गरिएकाे हाे । विशिष्ट अतिथि वडा नं. ८ का अध्यक्ष  चेतनाथ पौडेल रहनुभएको थियो। स्वागत मन्तव्य निर्मला आचार्यले  गर्नु भएकाे थियो भने वडा अध्यक्ष चेतनाथ पौडेलले शुभकामना मन्तव्य  रख्दै उहाँले योग समिति नेपालमार्फत नेपाली समाजमा फैलिएको स्वदेशी चेतना, शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जागरूकता, र गर्विलो योग परम्पराको खुलेर प्रशंसा गर्नुभयो। कार्यक्रमको मूल उद्देश्य  योग प्रशिक्षक कमला ओली क्षेत्रीले प्रकाश  पार्नु भयो ।  त्यस्तै गाउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यसरी अाफ्नाे गाउपालिकामा याेग केन्द्र खाेल्न पाउनु गर्वकाे बिषय भएकाे बताउनु भयाे उहाले विहानकाे सुतेर जाने समयलाई खेरजान नदिई सबै जना उपस्थिति भैइ याेग गर्ने सबैमा अनुराेध गर्नु भयाे । कार्यक्रम संन्चालन याेग समिती नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गर्नु भएकाे थियाे । कार्यक्रममा योग गुरु आयुर्वेदाचार्य गिरिराजले उर्जाशील प्रवचनसहित योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानको माध्यमबाट उपस्थित सम्पूर्णलाई प्रेरित गर्नुभएको थियो।

    उहाँले शरीर मात्रै बलियो हुनु स्वास्थ नहुने शरीर, मन, मस्तिष्क र समाजसँगको सन्तुलन नै साँचो स्वास्थ्य भएकाे स्पस्ट पर्नु भयाे ।  त्यस्तै  ४०औं योग केन्द्र व्यवस्थापन समिती समेत गठन गरिएकाे छ । प्रमुख संयोजकमा योग प्रशिक्षक कमला ओली क्षेत्री, संयोजक निर्मला आचार्य,सह-संयोजक सम्शेर मल्ल

    सदस्यहरूमा गीता के.सी ,शोभा अधिकारी ,उक्त मल्ल ,निलम गौतम पार्वती थारु, पार्वती चौधरी,साबित्रि भट्टराई ,मन्जु पौडेल ,कृष्ण कडेल ,रस्मि न्यौपाने ,शेषकान्त सुवेदी सल्लाहकारहरू ,हिमालय त्रिपाठी (गाउँपालिका अध्यक्ष) ,चेतनाथ पौडेल (वडा अध्यक्ष) डिल्लीराम गौतम (वडा सदस्य) योग समिति नेपालले स्थायी रूपमा नेपाली समाजमा योगमार्फत सकारात्मक परिवर्तन ल्याउने महान अभियानलाई नेतृत्व दिइरहेको छ। गुरु गिरिराजको मार्गदर्शनमा नेपालका टोल–टोलमा योगको उज्यालो फैलिएको छ। उक्त ४०औं केन्द्रले पनि त्यो उज्यालोलाई अझ व्यापक बनाउने विश्वास लिइएको छ ।

  • १३ जेष्ठ २०८२, मंगलवार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित