मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बीस अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिइने
  • मार्गरेखा संवाददाता

  • सरकारले मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै असार २ गते मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।

    सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्राे चरणकाे लागि विश्व बैँकबाट प्राप्त हुने करिब २‍० अर्ब ७९ कराेड नेपाली रुपियाँ बराबरकाे सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेकाे छ ।

    यसैगरी दक्षिण कारिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियाेजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ कराेड ८० लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारकाे निर्णय गरेकाे छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयाेगकाे सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताउनुभयो।

  • ४ असार २०८२, बुधबार १६:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित