मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सञ्चार नीति बनाउन नेपाल पत्रकार महासंघ बाँकेले डुडुवा गाउँपालिकामा ज्ञापनपत्र बुझायाे
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  असार ६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले   बाँकेकाे डुडुवा गाउँपालिकालाई सञ्चार नीति निर्माण गर्दा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेको छ।

    डुडुवा गाउँपालिका अध्यक्ष  नरेन्द्र चाैधरीलाई शुक्रबार नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी काे नेतृत्व गएकाे प्रतिनिधि मण्डलले  ज्ञापन पत्र बुझाएकाे छ ।  ज्ञापनपत्र मा सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूको हकहित, व्यवसायिक सुरक्षा, दक्षता विकास तथा प्रवर्द्धनमा विशेष ध्यान दिन उल्लेख गर्नुका साथै डुडुवा गाउँपालिकामा पनि सञ्चार नीति निर्माण प्रक्रिया अघि बढिरहेको सन्दर्भमा सो संचार निति  केही दिनमा हुने पालिकाकाे परिषद बाटै निर्णय गरि लागू गर्ने माग गरेकाे छ ।

  • ६ असार २०८२, शुक्रबार १७:३१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित