मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस महाधिवेशन समयमै हुन्छ : सभापति देउवा

भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो देउवा

  • मार्गरेखा संवाददाता

  • काठमाडाैं, असार १३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महाधिवेशन समयमै हुने बताउनुभएको छ । चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएकाे हो ।

    नेपाली कांग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसङ्गमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै कांग्रेस महाधिवेशन हुने बताउनुभयो ।

    सभापति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “एउटा सानो कुरा थियो । टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो । सानो कुरा हो । ठूलो कुरै होइन । कांग्रेस महाधिवेशन समयमै हुन्छ ।”

    यस्तै, सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो रहेको बताउनुभयो ।

  • १३ असार २०८२, शुक्रबार १४:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित