मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असार २५ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही गरेको छ।

    आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिको असार १७ को निर्णयअनुसार महामन्त्री खनाललाई कारबाही गरिएको हो।

    अनुशासन समितिले महामन्त्री खनालमाथि कारबाही गरेको पत्र आज लुम्बिनी कांग्रेस कार्यसमितिमा पठाएको छ।

    २०७९ मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी बर्दघाट १० घर भएका महामन्त्री खनालले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको आरोपमा अनुशासन समितिमा उजुरी परेको थियो।

    नवलपरासीमा कांग्रेसका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेल थिए। चौधरी नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार भएर चुनाव जिते भने नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका कँडेल पराजित भएका थिए।

    चुनावमा चौधरी र कँडेललाई असहयोग गरेको आरोप खनालमाथि लागेको थियो।

    अनुशासन समितिले महामन्त्री खनालमाथि स्पष्टीकरण पनि सोधेको थियो। खनालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै अनुशासन समितिले एक वर्षका लागि पार्टी सदस्यताबाट नै निस्कासन गर्ने निर्णय गरेको छ।

    खनाल कांग्रेस संस्थापनइतर समूहका हुन्।

  • २५ असार २०८२, बुधबार १५:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित