मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लायन्स क्लब अफ नेपालगञ्ज PNLF ले राप्ती साेनारी काे सरस्वती माबिका बिधार्थीलाइ साेलार लाईट बितरण
  • मार्गरेखा संवाददाता

  •  

    राप्ती सोनारी (बाँके), असार २८ ।   गर्वका साथ सेवा गरौं” भन्ने मूल नाराका साथ लायन्स क्लब अफ नेपालगञ्ज यूनिटीले आयोजना गरेको सामाजिक उत्तरदायित्व अन्तर्गतको एक विशेष कार्यक्रम अन्तर्गत श्री सरस्वती माध्यमिक विद्यालय, राप्ती सोनारी गाउँपालिका–६, पनेरियाका विद्यार्थीहरूलाई तीन थान सोलार लाइट वितरण गरिएको छ।

    कार्यक्रम लायन्स क्लब अफ नेपालगञ्ज PNLF को सहकार्यमा सम्पन्न भएको थियो। यस सहयोगबाट विद्यालयमा अध्यापन र अध्ययन क्रियाकलापमा सहजता हुने विश्वास अभिव्यक्त गरिएको छ। ग्रामीण भेगमा रहेका विद्यालयमा अझै पनि विद्युतीय सुविधा नपुगेको अवस्थामा सोलार लाइट वितरणलाई एक महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

    कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष श्री लव राज खरेल, वडा सदस्यद्वय, गाउपालिका शिक्षा शाखाका प्रतिनिधि निशान चौधरी, पनेरिया टोल विकास संस्थाका अध्यक्ष पवन आचार्य, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय लायन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष खरेलले भन्नुभयो, “शैक्षिक पूर्वाधारसँगै ऊर्जाको पहुँच पनि आजको आवश्यकता हो। लायन्स क्लबको यो प्रयास अत्यन्तै सराहनीय छ।
    त्यसैगरी गा.पा. शिक्षा शाखाका प्रतिनिधि निशान चौधरीले यस्तो सहयोगले विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पार्ने बताउँदै आगामी दिनमा अझै यस्ता कार्यक्रमहरू अपेक्षित रहेको बताए।

    कार्यक्रममा  रिजन चियरपर्सन लायन बिन्दु चर्ति मगरले सबै सहभागीहरू, सहयोगी संस्था तथा लायन साथीहरूलाई धन्यवाद दिँदै सामाजिक सेवामा निरन्तर समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो सेवाको केन्द्रमा सधैं समाज हुन्छ। शिक्षा, स्वास्थ्य, ऊर्जा जस्ता क्षेत्रमा निरन्तर काम गर्ने हाम्रो लक्ष्य हो।

     

  • २८ असार २०८२, शनिबार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित