मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाढी नियन्त्रणका लागि निर्माणाधीन आपतकालीन  को स्थलगत अनुगमन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज साउन ३ । बाँकेकाे  राप्तीसोनारी गाउँपालिका–७, खल्लाझगडीयाँ क्षेत्रमा बाढी नियन्त्रणका लागि निर्माणाधीन आपतकालीन    को स्थलगत अनुगमन गरिएको छ।

    आयोजनाअन्तर्गत बाँसको पाइलिङ राख्ने काम सम्पन्न भइसकेको छ भने हाल बोरा भर्ने र राख्ने कार्य भइरहेको अनुगमन टोलीले जनाएको छ।

    अनुगमन टोलीमा आयोजनाका प्रमुख डा. नारायण प्रसाद सुवेदी, प्रगन्ना कुलो सिचाइ प्रणाली मूल समन्वय समितिका सदस्य तिलक न्यौपाने, नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण के.सी. लगायतका स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।

    अनुगमनका क्रममा टोलीले कार्य प्रगति प्रति सन्तुष्टि व्यक्त गर्दै बाँकी काम समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

  • ३ श्रावण २०८२, शनिबार १३:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित