मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खेलकूदमन्त्री केसीलाई लोकतान्त्रिक खेलकूद संघको सम्मान
  • मार्गरेखा संवाददाता

  • काठमाडौं, १८ भदौ । नेपालीकांग्रेसको शुभेच्छुक संस्था नेपाललोकतान्त्रिक खेलकुद संघले आइतबार युवातथाखेलकुदमन्त्री राजेन्द्रकुमार केसी राजनलाई सम्मान गरेको छ ।

    पार्टीको केन्द्रीयकार्यालयमाआयोजितविशेष समारोहमाउहाँलाई खेलकूद जस्तो राष्ट्रको प्रतिष्ठा र युवाहरुको भविष्यसंग जोडिएको मन्त्रालयको नेतृत्व सम्हाल्नआउनुभएकोमा संघले मन्त्री केसीलाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको लागिशुभकामनाप्रदान गरेको थियो ।

    कार्यक्रममामन्त्री केसीले खेलकूद क्षेत्रमाविगतमा देखिएकाआर्थिक र प्रशासनिकअनियमितता, भष्ट्राचार, ढिलासुस्तीहटाएर यसलाई खेलकूदको विश्वव्यापीमान्यताअनुरुप सुशासनयुक्त, अनुशासित र मर्यादितबनाउने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

    उहाँले खेलकूदको क्षेत्रमागरिने सकारात्मक सुधार र विकासमालोकतान्त्रिक खेलकूद संघलगायतका संस्थाहरुको साथचाहिएको बताउनुभयो ।

    उहाँले खेलकूदको क्षेत्रमालोकतन्त्रवादी खेलाडीहरु संगठित भएर अगाडि बढ्नु पर्ने खाँचो औल्याउदै लोकतान्त्रीक खेलकुद संघलाई विस्तार गरी पार्टीको भातृ संगठनको रुपमाविकसितगर्नु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले लोकतन्त्रवादी खेलाडी र खेलप्रेमीहरुले आपसीमतभेद विर्सेर खेलमा जस्तै स्वस्थप्रतिस्पर्धाको भावना सहित अगाडि बढ्नुपर्ने बताउनु भयो ।

    सोहीअवसरमा संघको केन्द्रिय समितिका सदस्य काठमाण्डौ वडा–११नवनिर्वाचित सदस्य सरोजकुमार मुल्मी, राष्ट्रिय खेलकुद परिषदकर्मचारी संघमा विजयीहुनुभएका रञ्जन थापालगायतलाई पनि सम्मानगरिएको थियो ।

    संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको सभापतित्वमागरिएको बधाई तथा सम्मानकार्यक्रममाराष्ट्रिय खेलकुद परिषद्कावरिष्ठ उपाध्यक्षकिशोर राई सहितपदाधिकारीहरु,लोकतान्त्रिक खेलकुदमा आवद्ध खेलाडी र खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

    पार्टी कार्यालय सानेपामाआयोजितउक्तकार्यक्रममा केन्द्रिय समितिका संघको विधान परिमार्जनगर्ने, संगठनलाई चुस्त राख्ने, प्रदेश नम्बर दुईमाहुनलागिरहेको स्थानियतहको चुनावमा संघलाई संगठित गरी परिचालनगर्ने निर्णय गरिएको केन्द्रिय सदस्यतथाप्रचार प्रसार संयोजकदामोदर अर्यालले बताउनुभयो ।

     

  • १८ भाद्र २०७४, आईतवार १४:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित