मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रेडक्रस विपद्को साथी
  • मार्गरेखा संवाददाता

  • कोहलपुर, भदौ १९। नेपाल रेडक्रस सोसाइटी आप्द विपद्को साथी भएको कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाले ५४आँै रेडक्रस दिवशको अवसर पारी कोहलपुर उप–शाखाले आयोजना गरेको उप–शाखा स्तरिय वकतृत्वकला प्रतियोगितमा बोल्दै नेपाल रेडक्रस सोसाइटीले प्रकृतिक प्रकोपबाट प्रभावित भएका जनताहरुलाई उद्धार गरेकोले मानविय सेवामा समर्पित रेडक्रस विपद्को दुःखत घडीमा सहयोगि साथी बनेर प्रस्तुत भएको उनले बताए । साथै कोहलपुृर नगरपालिकाले आफ्नो अध्यक्षतामा कोहलपुर नगरपालिका स्तरिय विपद् व्यवस्थान समिति गठन गरिएको र यसले छिट्टै कोष स्थापना गर्ने बताएका छन् । “रेडक्रससँग सहकार्य गरी विपद् न्यूनिकरणका लागि कोहलपुर नगरपालिका विशेष योजना ल्याएको छ” उनले भने “विपद्को बेला जनताले दुःख धेरै नपाउ भनेर कोहलपुर नगरपालिकाले प्रकृतिक प्रकोप विशेष कोष स्थपना गरेका छ ।” विपद् न्यूनिकरण एवम् व्यवस्थापनमा जुनियर÷युवा रेडक्रस सर्कलले खेलेको भूमिकाको बारेमा चर्चा गर्र्दै मयेर रावतले आगामि दिनहरुमा पनि विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी विपद्को समयमा राहत तथा उद्धारमा लाग्नुपर्नेमा जोड दिए ।
    नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ वडा अध्यक्ष कर्ण बहादुर थापा, पूर्व सभापति लेक बहादुर क्षेत्री, पूर्व उसभापति बेदराज लम्साल लगायत रेडक्रस प्रेमीको सहभागिता रहेको थियो ।

     

    प्रतियोगितामा त्रिभुवन प्रथम

    नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाले ५४आँै रेडक्रस दिवशको अवसर पारी कोहलपुर उप–शाखाले आयोजना गरेको “विपद् न्यूनिकरण एंव व्यवस्थापनमा जुनियर÷युवा रेडक्रस सर्कलको भुमिका
    ” विषयिक उप–शाखा स्तरिय वक्तृत्वकला प्रतियोगितामा कोहलपुरमा रहेको त्रिभुवन नमूना माविकी छात्रा गरिमा रोकाया प्रथम भएकी छिन् । त्यस्तै प्रतियोगिता बागेश्वरी एकेडेमीका छात्र आदेश कुमार शाही द्वितीय र तक्षशिला एकेडेमीकी छात्रा कमला शाही तृतीय भएकी छिन् । सो प्रतिगितामा संस्थागत र सामूदायिक गरी आठ वटा विद्यालयले सभागिता जनाएका थिए ।
    प्रतियोगिताको निर्णायकमा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रशासनिक अधिकृत बेदराज लम्साल र प्राध्यापक एकराज शर्मा रहेका थिए ।

     

  • १९ भाद्र २०७४, सोमबार १४:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित