मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काउली सेवनले घट्छ क्यान्सरको जोखिम
  • मार्गरेखा संवाददाता

  • काउली नेपाली भान्साको लागि अपरिचित नाम होइन् । यो तरकारी सिजन तथा अफ सिजनमा पनि सजिलै बजारमा किन्न पाइन्छ । काउलीको स्वाद र आममानिसको रुचीका कारण सबैको रोजाइमा पर्छ । जमघट, पिकनिक, भोजभतेरमा त काउलीको माग अझै बढी हुने गर्छ । धेरैलाई थाहा नहुन सक्छ काउली औषधीय गुणले पनि भरिपूर्ण छ । नियमित काउलीको सेवनले क्यान्सरको जोखिम निकै कम हुने एक अध्ययनले देखाएको छ । फ्रेड हचिन्सन क्यान्सर रिर्सच सेन्टरले गरेको अध्ययन अनुसार काउलीका फाइदा यस्ता छन् स् १। काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्बाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन मद्दत गर्छ । काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सरको जोखिम करिब आधा घटाउँछ । २। काउलीे क्यान्सरका कोषहरू बनेका भए पनि त्यसलाई बढ्न दिदैन र निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । ३।अध्ययन अनुसार काउलीमा ‘इन्डोल–३–कार्बिनोल’ जस्ता सशंक्त ‘डाइ–इन्डोमिथेन’ रसायन हुन्छन् । जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि रोक्छ । ४। नियमित काउली सेवनलाई अध्यनले निकै राम्रो मानेको छ । अर्को एक अध्ययनले त हप्तामा धेरै काउलीको खपत गर्ने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ । खाने विधी १। अध्ययनहरूले के देखाएका छन् भने, काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सरविरुद्ध लड्ने तत्व नाश हुने सम्भावना रहन्छ । अध्ययनकर्ताहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । उनीहरूको सुझाब अनुसार काउलीलाई एउटा नुन पानी भएको भाँडोमा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने । २। यसलाई लेदो बनाएर अन्य विभिन्न परिकारमा मिश्रण गरेर खान पनि सकिन्छ । साथै सलादका रूपमा यसको प्रयोग धेरै उत्तम हुन्छ । अन्य फाइदा १। काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्छ । २। काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र सेवन गर्दा पनि शरीरलाई चाहिने ९१ प्रतिशत भिटामीन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट राम्रो मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ । स्रोत हाम्रो डाक्टर अनलाइन

     

     

  • २० भाद्र २०७४, मंगलवार १६:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित