मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा खाँदिन भ्रष्टाचार विरुद्ध अभियान सम्पन्न
  • मार्गरेखा संवाददाता

  •  

    सोम गुुरुङ्ग/ नेपालगन्ज २३ भाद्र /भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्धेश्यले भाद्र २३ गते शुक्रबार ८ सेप्टेम्बर २०१७ का दिने म खाँदिन अभियान बाँके र बर्दियामा भ्रष्टाचार विरुद्ध हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । सो हस्ताक्षर अभियानमा विभिन्न नागरिक समाजको सहभागीतामा रहेको थियोे ।
    नेपालका ३४ जिल्लामा सो अभियान एकै पटक सन्चालन भएको थियो । सो कार्यक्रम नेपालगन्ज उद्योग बाणिज्य संघबाट भ्रष्टाचार विरुद्धका विभिन्न प्लेककार्ड सहित त्रिभुुवन चोक हुुदै रयाली भई जिल्ला प्रशासन कार्यालयमा पुुगी कोण सभामा परिणत भई भ्रष्टाचार विरुद्ध हस्ताक्षर कार्यक्रम भएको थियो । नेपालगन्ज उप महानगरपालिकाका उप प्रमुख उमा थापा मगरले हस्तारक्षर गरि आफना कार्यालयमा भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता जाहेर गर्नुु भयो । त्यसै गरि सांसद देवराज भार, जिल्ला समन्वय समिमित बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, सहायक प्रमुुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुरसिहं थारु, नेपाल बार जिल्ला अदालतका अध्यक्ष उदयराज बर्मा, नेपाल बार उच्च अदालतका अध्यक्ष बल बहादुर चन्द, इन्सेका क्षेत्रीय संयोजक भोला महत, हिमराईट्सका क्षेत्रीय संयोजक प्रकास उपाध्याय,महिला, कानुुन र विकास मन्चका सुुनिल श्रेष्ठ, बासका नमस्कार शाह, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले हस्तारक्षर गरि भ्रष्टाचार नगर्ने प्रतिबद्धता गर्नुु भएको थियो ।
    त्यसै गरि बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका कार्यालयमा पनि भ्रष्टाचार विरुद्ध हस्ताक्षर कार्यक्रम मनाइएको छ । सो कार्यक्रमका प्रमुुख अतिथि बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुुमारी गौतमले भ्रष्टचारमुुक्त भए मात्रै देश विकास हुुनेमा जोड दिनुु भयो । त्यसै गरि बढैयाताल गाउँपालिका कार्यालयका कार्यकारी अधिकृत बन्दना कर्णले पनि जनप्रतिनिधि आएपछि कार्यालयमा काम गर्ने वातावरण सहज भएको र आफनो कार्यालयलाई भ्रष्टचारमुुक्त बनाई सुुशासन कायम गर्नुु पर्नेमा जोड दिनुु भयो । सो कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं.१ का अध्यक्ष शेर बहादुुर थापा, वडा नं.२ का अध्यक्ष काजिमान सुुनार, वडा नं.३ का अध्यक्ष दुुर्गा प्रसाद पराजुुली र वडा नं.७ का अध्यक्ष इन्द्र प्रसाद लुुइटेलले भ्रष्टचार विरुद्ध हस्ताक्षर गरि आफना कार्यालयलाई सुुशासनमय वडा बनाउने प्रतिबद्धता समेत गरेका थिए ।
    भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारीमा हातेमालो गरेर देशलाई भ्रष्टचारमुुक्त बनाउन यो अभियान सन्चालन गरिएको सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले जानकारी गराउनुुभयो ।

     

     

  • २३ भाद्र २०७४, शुक्रबार १९:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित