मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
  • मार्गरेखा संवाददाता

  • कोहलपुरको नमूना विद्या सदन मा.वि. मा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । एनप्याब्सन बाँकेको आयोजना तथा नमूना विद्या सदनको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।

    प्रतियोगितामा आधारभूत तहतर्फ तक्षशीला एकेडेमीकी दिव्या गौतम प्रथम भएकी छिन् । आधारभूत तहतर्फ नै द्वितिय र तृतीय क्रमशः ब्राइटलाइट एकेडेमीका प्रेम थापा मगर र सगरमाथा अँग्रेजी मा.वि. नेपालगञ्जका प्रकृती थापा हुन सफल भए । एन प्याब्सन बाँके अध्यक्ष कुसुम रानाभाटको सभापतित्व एवम् कोहलपुर नगरपालिका शिक्षा उप–सचिव मन प्रसाद रेग्मीको प्रमुख आथित्यतामा सम्पन्न भएको नमूना विद्या सदनका संस्थापक शिब डाँगीले मार्गरेखालाई बताए ।

    डाँगीका अनुसार शुक्रवार नै मा.वि. तह तर्फ पनि चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तक्षशीला एकेडेमीकै अश्विनी कोइराला प्रथम, वेष्टर्न मा.वि.का रविना थापा द्वितीय र गुराँस चाइल्डवुड मा.वि. खजुराकी छात्रा भावना तामाङ् तृतीय हुन सफल भएका
    छन् । उत्कृष्ठ हुने प्रतियोगीहरुलाई थप हौसलाका लागि प्रमाण पत्र तथा शिल्डबाट पुरस्कृत गरिएको व्यवस्थापन जिम्मेवारी पाएको विद्यालय परिवारले जनाएको छ ।

  • २३ भाद्र २०७४, शुक्रबार १९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित