मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दिया कारागारबाट एक कैदी फरार
  • मार्गरेखा संवाददाता

  • बर्दिया, भदौ १७ गते । बर्दिया कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा विगत एक वर्ष देखि कैद भुक्तान गरी रहेका ठाकुर बाबा नगरपालिका –८ का २७ वर्षीय अजित बुढा क्षेत्री बर्दिया कारागारबाट फरार भएका हुन् ।

    आज (आइतबार) बिहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष वि.क.ले बताउनुभयो । उहाँका अनुसार बुढा क्षेत्री गत एक वर्ष देखि बर्दिया कारागारमा कैद भुक्तान गरी रहेका थिए ।

    अनुसन्धानको क्रममा बुढा क्षेत्री कट्टु मात्र लगाएको अवस्थामा फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार भएको जानकारी पाउन साथ जिल्लाका विभिन्न स्थान र सीमावर्ती क्षेत्रमा खोज तलासका लागि प्रहरी टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीर राज शाहीले फरार भएको थाहा पाउनसाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताउनुभयो । उहाँले भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बल सँग समन्वय गरी हुलिया समेत पठाइएको जानकारी दिनुभयो । बर्दिया जिल्लाका छिमेकी जिल्लाहरूमा समेत हुलिया पठाएर खोजी कार्य गरेको उहाँले बताउनुभयो ।

    २०७१ सालमा ठाकुर बाबा नगरपालिका ८ कै जोरा सिंह थापाको हत्याको अभियोगमा पक्राउ परेका थिए । अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत वर्ष पक्राउ परी कैद भुक्तान गरी रहेका थिए । उनलाई अदालतले ३० वर्षको कैद सजाय फैसला गरेको थियो ।

  • १७ भाद्र २०८०, आईतवार ११:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित