अनाथ बालवालिकाहरुलाई शैक्षिक छात्रवृत्ती सहयोगार्थ नेपाली कथानक चलचित्र ‘मन त परदेशी’को विशेष प्रदर्शन (च्यारिटी शो) हुने भएको छ ।
यही भाद्र ३१ गतेका दिन नेपालगञ्जमा चलचचित्रको विशेष प्रदर्शन हुने भएको हो । विशेष प्रदर्शनका लागि चलचित्र युनिट बाँकेमा आइपुगेको छ । चलचित्रका नायक दिपेश पाण्डेले आउँदो ३१ गते लक्ष्मी सिनेमा घरमा विषेश प्रदर्शन हुने चलचित्रबाट संकलित रकमले सामाजिक क्षेत्रमा लगानी गरिने बताएका छन् । ‘हामीले गर्न लागेको चलचित्रको विशेष प्रदर्शनको प्रवेश टिकटबाट जे–जति रकम संकलन हुन्छ, अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकाको शिक्षामा सहयोगार्थ छात्रवृत्ती उपलब्ध गराउनेछौ ।’–चलचित्रका नायक पाण्डेले भने । नेपालगञ्जमा हुने विशेष प्रदर्शन (च्यारिटी शो) गरेर फिल्मकर्मीहरु व्यवसायिक रुपमा नाफामुखी भन्दा पनि सहयोगी भावनाबाट प्रेरित छन् भन्ने शन्देस प्रवाह गर्न पनि चलचित्र रिलिज अगावै विशेष प्रदर्शन गरिन लागेको चलचित्रका निर्माता दुर्गा बहादुर खड्काले बताए ।
बाँके, बर्दिया, धनगढी, काठमाण्डौ र कतारमा छायाङ्कन गरिएको चलचित्रले विशेष गरी बर्तमान नेपाली समाजलाई प्रतिनिधित्व गर्ने चलचित्रका निर्माता खड्काले बताए । गाउँले परिवेशमा हुर्किएको युवा आर्थिक अभावले बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता र विदेशमा उसले गर्नुपर्ने श्रम तथा पीडालाई चलचित्रले पदार्पण गरेको फिल्म युनिटले जानकारी दिएको छ । यस्तै मोफसलबाट अध्ययन तथा अन्य प्रयोजनका लागि राजधानी पुग्ने युवतीहरु रहर, बाध्यता र विवशषताको शिकार भएर कसरी देह व्यापारमा संलग्न हुने गर्छन्, त्यो पनि चलचित्रको कथामा समावेशग गरिएको बताइएको छ ।
दुर्गा बहादुर खड्काको निर्माण, देव नेपालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिपेश राज पाण्डे, शर्मिला गिरी, बिन्दु शर्मा, किशोर खतिवडा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
वैजनाथ गाउँ पालिका–८ मा रहेका अनाथ बालबालिकाहरुलाई कक्षा १० सम्मको सम्पूर्ण शैक्षिक खर्च सहयोग गर्ने गरी चलचित्रको विशेष प्रदर्शनलाई हेरेर सबैले अभियानलाई साथ दिन चलचित्र युनिटले आग्रह गरेको छ ।