मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालबालिकाको अधिकारको संरक्षण सम्बद्र्धन गरि तत्कालिन पुनरावेदन अदालत नेपालगन्जकोफैसला कार्यान्वयन गराउन नेपालगन्ज उपमहानगरपालिकालाई ज्ञापन पत्र
  • मार्गरेखा संवाददाता


  • बाँके २९ भाद्र÷नेपालगन्जमा रहेर बालअधिकार, मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले बिहिबार नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर उमा थापा मगरलाई बालबालिकाको अधिकारको संरक्षण सम्बद्र्धन गरि तत्कालिन पुनरावेदन अदालत नेपालगन्जकोफैसला कार्यान्वयन गरि पाउँ भनी ज्ञापन पत्र बुझाएका छन् ।
    सो ज्ञापन पत्रमा पुनरावेदन अदालत नेपालगन्जबाट नावालक अभिजित तिवारी, सत्यजित तिवारीको हकमा अधिवक्ता विश्वजित तिवारी समेत निवेदक भएको विपक्षी नेपालगन्ज उपमहानगरपालिका भएको परमादेश मुुद्धामा बाँके नेपालगन्ज उपमहानगरपालिका त्रिवेणी मोड नजिक बागेश्वरी मन्दिर पार्क देखि पूर्व १५२४ बर्ग मिटर जग्गा जुुन नेपालगन्ज नगर विकास समितिले नेपालगन्ज उपमहानगरपालिकालाई बाल उद्यान (चिल्ड्रेन पार्क) को लागि जग्गा हस्तान्तरण गरेको थियो । साही जग्गामा बाल उद्यान (चिल्ड्रेन पार्क) बनाउनुु भनी विपक्षीको नाममा परमादेशको आदेश २०७२ चैत्र २४ गते फैसला भईसकेको थियो ।
    हालसम्म पनि उक्त ठाउँ र अन्य ठाउँमा पनि बाल उद्यानको निर्माण नहुुदाँ आदेशको प्रतिलिपी राखि बाल दिवसको अवशरमा ज्ञापन पत्र बुझाई अदालतको फैसला अनुसार बाल उद्यान तत्काल निर्माण गरि बालबालिकाको लागि आएको रकम बालबालिकाको विकासको लागि खर्च गर्ने र बालबालिकाको अधिकार संरक्षण, सम्बद्र्धन र बालमैत्री शासन बालअधिकारको सम्मानको अनुुभुुति हुने गरि तत्कालिन पुुनरावेदन अदालतको पैmसला कार्यान्वयन गरी पाउँ भनी ज्ञापन बुझाईएको छ । सो ज्ञापन पत्र बुुझदै उपमेयर उमा थापा मगरले सो क्षेत्रमा बाल उद्यान नै स्थापना हुुने र बालबालिकाको विकासको लागि आफू सदैव सकारात्मक रहेको बताइन् । ज्ञापन पत्र बुुझाउनेहरुमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी,कानुुन पत्रकार समाज, नेपालगन्जका अध्यक्ष अधिवक्ता लोक बहादुुर शाह, कानुुन ब्यवसायी सुुदिप भट्टराई, नेपालगन्ज उच्च अदालत बार एसोसियसनका अध्यक्ष अधिवक्ता बल बहादुुर चन्द, बाँके जिल्ला अदालत बार एसोसियसनका अध्यक्ष अधिवक्ता उदयराज वर्मा, एफाका जनकराम भण्डारी,पत्रकार राकेश मिश्र, अधिवक्ता सुुनिता ज्ञवाली, अधिवक्ता गणेशमान केसी, सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका जवाफदेहिता अधिकृत सोम गुरुङ, पत्रकार लियाकत अली समेतको उपस्थिती रहेको थियो । साथै उक्त अदालतको फैसलाको प्रतिलिपी सेफ द चिल्ड्रेन, फिल्ड अफिस, नेपालगन्जका एसोसिएट डाईरेक्टर विरेन्द्रसिहं ठगुन्ना, बालअधिकार शासन र बाल संरक्षण अधिकृत दिल बहादुुर ऐर र वित्त प्रबन्धक ईन्द्र बहादुुर केसीलाई समेतलाई बुझाईएको छ ।

  • २९ भाद्र २०७४, बिहीबार १९:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित