मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर सोह्रौ बार्षिक साधारण सभा सम्पन्न
  • मार्गरेखा संवाददाता

  • कोहलपुर भाद्र ३१ । गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर बाँकेले साह्रौ बार्षिक साधारण सभा शनिबार कोहलपुरमा सम्पन्न गरेको छ । सभमा शेयरधनी सदस्यहरु मध्ये सेयर सदस्य श्री जगत बहादुर आलेज्युका पिता श्री नन्द बहादुर आले जेष्ठ नागरिक साह्रौ बार्षिक साधारणसभाको सभापति एवं संचालक अध्यक्ष श्री केशर बहादुर आले मगरले संयुक्त रुपमा दीप प्रजोलन गरी औपचारिक रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भयो ।

    सभापति श्री केशर बहादुर आले मगरले साह्रौै वार्षिक साधारण सभामा उपस्थित सम्पुर्ण संचालक सदस्यहरु, शेयरधनी सदस्यहरु, शेयरधनी सदस्यहरुका प्रतिनिधि (प्रोक्सी) हरु सम्पुर्णहरुलाई संस्थाको तर्फबाट स्वागत मन्तब्य ब्यक्त गर्दै उपस्थित सम्पुर्ण संचालक सदस्य, शेयरधनी सदस्य शेयरधनी सदस्यरुका प्रतिनिधि (प्रोक्सी) हरु विषेश धन्यवाद दिनु भएको थियो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य श्री राजेन्द्र बहादुर गुरुङ्गज्युले आ(आफ्नो वार्षिक, प्रशासनिक तथा शैक्षिक प्रतिवेदन एवं अन्य गतिविधिका सम्बन्धमा विस्तृत रुपमा सभालाई जानकारी गराउदै प्राचार्यज्युले विद्यालयको शैक्षिक प्रगति सम्बन्धमा मुख्य गरी यस विद्यालयले हालसम्म जिल्ला, क्षेत्र र राष्ट्यि स्तरमै शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाई अब्बल र स्तरीय विद्यालयको रुपमा स्थापित भएको समेत जानकारी गराउनु भयो ।
    सो सभमा विद्यालयका लेखापाल श्री लक्ष्मी बस्नेतज्युले आर्थिक वर्ष २०७३÷२०७४ को आर्थिक लेखा प्रतिवेदन पेश गर्नु भएको थियो ।

    संस्थाको साह्रौ बार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी सदस्यज्युहरुलाई विद्यालयका प्रशासन प्रमुख श्री कर्ण बहादुर बस्नेतले साह्रौ बार्षिक साधारण सभाको बारेमा संक्षिप्त मन्तब्यबाट उपस्थित सम्पुर्ण शेयरधनी सदस्यहरुलाई कार्यक्रममा स्वागत गर्दै कार्यक्रम संचालन गर्नु भएको थियो ।

     

     

  • ३१ भाद्र २०७४, शनिबार १८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित