मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संविधान कार्यान्वयन सँगै देशले सवृद्धिको यात्रामा अघि बढन
  • मार्गरेखा संवाददाता

  • दाङ ३ असोज/संविधानकार्यान्वयन गरी मुलुकलाई अझ सुदृढ बनाउन र संमृद्धिको दिशातर्फ उन्मुख गराउनसवैको दायित्वभएको सरोकारवालाले वताएका छन् । संविधान समारोह समितिदाङले संविधानदिवसको अवरमा गरेको कार्यक्रममाबोल्ने राजनीतकदलतथाजनप्रतिनिधले संविधानकार्यान्वयनको लागिआआफ्नो ठाउँबाट योगदानगर्ने र दिवसले सबैलाई एकताबद्ध भई समृद्ध राष्ट्र निर्माण गर्ने कार्यमा अगाडि बढ्न प्रेरित गर्ने विश्वासव्यक्त गरेकाथिए । समितिका संयोजकतथाजिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामाभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले संविधान कार्यान्वयनको लागि सवैको दायित्व भएको वताए । उनले कानून भन्दा माथि कोही पनि नभएको समेत वताए । ‘कानून सवैले मान्नु पर्छ । कानून भन्दा माथि कोहीपनि छैन’प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने ‘ संविधान कार्यान्वयन सँगै देशले सवृद्धिको यात्रामा अघि बढने छ ।’ उनले अझैपनि धेरै कानूनबन्नबाँकीभएकाले तिकानूनबनाउनको लागि सवैले भूमिका खेल्नु पर्ने वताए । घोराही उपमहानगरपालिका प्रमुख नरुलालचौधरीले संविधान पालन गर्नु पर्ने सवैको दायित्व भएको वताए । उनले संविधानले सवैको अधिकार स्थापित गरेकाभन्दै यसलाई पुर्ण बनाउन सवै क्षेत्रको भूमिकाभएको वताए । कार्यक्रममा नेपाली काँग्रेस दाङका सचिवशंकर प्रसाद डाँगी, एमाले नेतृ तुल्सा केसी, नेकपामाओवादी केन्द्र घोराही उपमहानगरपालिका प्रमुख विश्वराज आचार्यले लामो संघर्षपछि जनताले संविधान प्राप्त गरेको भन्दै कार्यान्वयनको लागि पनि सवैको भूमिका भएको वताए । संविधानसँगै मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था संस्थागत हुनपुगेको भन्दै लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार संविधानमा व्यवस्था गरिएको बताए ।कार्यक्रममा मधेशीजनअधिकार फोरम लोकतान्त्रिका जिल्ला अध्यक्ष विन्तीरामयादव र सामाजिक लोकतान्त्रिक पार्टीका टेकमान कवरले नयाँ संविधानको मर्म र भावना अनुसार कानूनहरु बनाउँदै जानु र संविधानको मर्म अनुसार सबैलाई आत्म सम्मान महसुस गराउँदै देशलाई समृद्धितर्फ अघि बढाउनु पर्ने विचार राखे । स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन संविधान समारोह समितिका सदस्य तथा नेपालपत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविनप्रियाशनले धन्यवाद ज्ञापन गरेकाथिए ।

     

  • ३ आश्विन २०७४, मंगलवार १४:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित