नेपालगन्ज फागुन ७ । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले पत्रकारितालाई मर्यादित स्वतन्त्र निश्पक्ष रूपमा अगाडि बढाउन आग्रह गरेका छन ।
साे कुरा नेपालगन्जमा साेमबार राष्ट्रिय समाचार समितीकाे ६३ ओै बार्षिकत्सव समारोहमा आयाेजित राससमा समावेशी पत्रकारिताकाे बिकाश अन्तरसंबाद कार्यक्रम लाई सम्बाेधन गदै बताएका हुन ।
मेयर बिष्टले अहिले युट टुवरलाई प्रयाेग गरि पत्रकारिता र पत्रकारकाे खाेल ओडेर समाज र लाेकतन्त्रलाई बदनाम गर्ने कार्य भईरहेकाे हुनाले देशमा लाेकतन्त्र ल्याउने भुमिका खेल्ने संचार माध्यम र पत्रकारहरूकाे काँधमा लाेकतन्त्र र समाजलाई रक्षा गर्ने दायित्व आएकाे बताउदै त्यस तर्फ अग्रसर न भए लाेकतन्त्र संकटमा पर्ने बताए ।
अन्तरसम्बाद कार्यक्रममा नेपाल प्रेस युनियनका बरिस्ठ उपाध्यक्ष प्रेम के सी ले साना स्थानीय स्तरबाट संचालित साना मिडियाहरूकाे आर्थिक रूपमा दयनीय भएकाे हुनाले रासस राज्यकाे निकाय भएकाे हुनाले राज्य समाचारकाे व्यापार न गरि साना मिडियाहरू लाई नि शुल्क समाचार उपलब्ध गराउनु पर्नेमा जाेड दिए ।
रासस नेपालगन्जका प्रमुख युवराज पान्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋिष चाैलागाई ,नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य झलक गैरे, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डागी, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य डाक्टर धिताल, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गाैतम, प्रेस चाैतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा राेकाय, पत्रकारहरू शिव डाेटेल, बिमला चाैधरी, बिजय बर्मा,सुर्यलाल यादब लगायत बक्ताहरूले समावेश पत्रकारिता मा जाेड दिएका थिए