मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संविधान दिवशमा असहाय बालबालिकालाई शैक्षिक समाग्री
  • मार्गरेखा संवाददाता

  • दाङ बिजौरी, ३ असोज । सामाजीक अभियन्ताहरुको संस्था ‘आज अरुको लागि’ नामक ग्रुपले मंगलवार बिजौरीमा संविधान दिवश मनाएको छ ।
    संविधान दिवशको अबसरमा गु्रपले विजौरी स्थित श्री असहाय बालविकास नेपाल दाङमा रहेका १४ जना बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल वितरण गरेको हो ।
    गु्रपका अध्यक्ष प्रिया बस्नेतको अध्यक्षता एवं श्री असहाय बालविकास नेपाल दाङका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असहाय बालविकास संस्थाका कृष्ण रिजाल, शिक्षकहरु धिरज विक, पवन सिग्देल लगायतले मन्तव्य दिएका थिए ।
    प्रमुख अतिथि संस्थाका अध्यक्ष चौधरीले लामो बलिदानबाट प्राप्त उपलब्धिको प्रतिफल उत्पीडित वर्गका जनताले पाउनुपर्ने धारणा व्यक्त भए । संविधानमा उल्लेख भएका उपलब्धिहरुलाई व्यवहारीक रुपमा कार्यान्वयनका लागि सबै पक्ष सचेत हुनुपर्ने उनको भनाई थियो ।

     

  • ३ आश्विन २०७४, मंगलवार १९:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित