दुर्गा आचार्य
बर्दिया,असोज,४ उद्योग बाणिज्य संघ गुलरियाको अध्यक्षमा वीर बहादुर चौधरी बिजयी भएका छन् । मंगलवार भएको निर्वाचनमा देवेन्द्र पाण्डेलाई पराजित गराउदै अध्यक्षमा चौधरी बिजयी भएका हुन् ।
नव निर्वाचित अध्यक्ष चौधरीले ५२७ मत प्राप्त गरे भने उनका निकटत प्रतिद्धन्दी देवेन्द्र पाण्डेले ४८४मत प्राप्त गरका थिए ।
संघको प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी, द्धितीय उपाध्यक्षमा मनोजकुमार वर्मा,तृतीय उपाध्यक्षमा अजितराज भण्डारी,महासचिवमा शिवहरी पौडेल,कोषाध्यक्षमा गंगा पोखेरेल र सहकोषाध्यक्षमा मोहित पौडेल निर्वाचित हुनु भएको छ ।
यस्तै सदस्यहरुमा नरेशकुमार खत्री,सुरेश पौडेल,सुरेन्द्रप्रसाद बगाले,केशवप्रसाद रिजाल,कृष्णप्रसाद मैनाली,सरला के सी,दिनेश कुमार याादव,मनिष गुप्ता,संगीता महतारा,कृष्ण ढकाल,सकिल अहमद सिद्धिकी,मिनबहादुर खत्री निर्वाचित हुनु भएको निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद धितालले बताए ।
संघमा ११०० जनाले मतदान गरेकोमा ५७ मत बदर भएको निर्वाचन समितिका संयोजक ऋृषिराम काफलेले बताए।
गुलरिया उधोग बाणिज्य संघमा बिभिन्न २०पदका लागि ४०जनाले उम्मेदवारी दिएका थिए ।